मागपत्र प्रमाणीकरणका लागि निर्देशन दिन श्रम मन्त्रालयले गर्यो परराष्ष्ट्र मन्त्रालयलाई पत्राचार



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका मागपत्र प्रमाणीकरण गराउन सम्बन्धित दूतावासलाई तत्काल निर्देशन दिन भन्दै परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

कोरोना महामारीका कारण हालसम्म विदेशस्थित नेपाली दूतावासले कुनै पनि मागपत्र प्रमाणीकरण नगरेको भन्दै आजकै मितिदेखि माग प्रमाणीकरणका लागि सम्बन्धित निकायलाई आदेश जारी गर्न श्रम मन्त्रालयले पत्राचार गरेको हो ।

मन्त्रालयले मागपत्र प्रमाणीकरणलाई निरन्तरता दिई श्रम गन्तव्य मुलुकहरुमा रोजगारी दिने वातावरण बनाउनसमेत आग्रह गरेको छ ।

गत भदौ १४ गते बसेको मन्त्रिपरिषद वैठकले कोरोना महामारीका कारण लामो समय स्थगन रहेको वैदेशिक रोजगारी खुल्ला गर्ने निर्णय गरेको थियो ।

तर, गन्तव्य मुलुकले कामदारको माग गरेको अवस्थामा नेपाली श्रमिक पठाउने निर्णय भएता पनि हालसम्म मागपत्र प्रमाणीकरणको काम शुरु हुन सकेको छैन ।


क्लिकमान्डु