महरापत्नी सिताको कोरोनाका कारण निधन



काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ ।

कोरोना संक्रमित उनको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी १० वर्षदेखि माइस्थेनिया रोगबाट पीडित थिइन्।

कोरोना संक्रमण देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । उनलाई भन्टेलेटरमा राखेर उपचार गराइराखिएको थियो ।


क्लिकमान्डु