अर्थमन्त्री पौडेलले भारतीय राजदूतसँग कोभिड बिरुद्ध लड्न सहयोग मागे



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।

अर्थमन्त्री पौडेल र राजदूत क्वात्राबीच द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानी, कोभिड–१९ को महामारी नियन्त्रण लगायतका विषयमा छलफल भएको छ ।

उक्त भेटमा अर्थमन्त्री पौडेलले नेपालको विकासका लागि भारत सरकारबाट निरन्तर प्राप्त सहयोगको लागि धन्यवाद व्यक्त गरेका छन् ।

अर्थमन्त्रीले भूकम्प पश्चातको पुनर्निर्माणका लागि भारत सरकारले गरेको सहयोगको र कोभिड–१९ विरुद्ध नेपाल सरकारले चालेका कदमको जानकारी गराउदै यस विरुद्ध सहकार्यको आवश्यकता रहेको बताए ।

राजदूत क्वात्राले नेपाल र भारतबीच धेरै पुरानो सम्बन्ध भएको उल्लेख गर्दै भारत सरकारले नेपालसँग सहकार्य गर्दै आगामी दिनमा सहयोगलाई निरन्तरता दिने बताए ।


क्लिकमान्डु