ट्राफिक नियम उलंघन गरे सवारी साधन मूल्यको ५०% सम्म जरिवाना लगाउन प्रहरीको प्रस्ताव



काठमाडौं । ट्राफिक नियम उलंघन गरेमा सवारी साधनको ५० प्रतिशतसम्म हुन आउने जरिवाना गर्न नेपाल प्रहरीले प्रस्ताव गरेको छ ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले आर्थिक जरिवाना बढाउन जरुरी रहेको बताए ।

‘पढे लेखेका र लिखितमा राम्रो नम्बर ल्याउनेले समेत नियम पालना गरेका छैनन्, भारतमा आर्थिक जरिवाना बढाइएको छ, त्यो अनुसार हामीले पनि गर्नुपर्ने देखिन्छ,’ क्षेत्रीले भने ।

ट्राफिक जाम हटाउन एकीकृत कार्ययोजना तयार, तत्काल यी काम गरे जाम नहुने

उनले ट्राफिक नियम उलंघन गर्नेलाई सवारी साधन मूल्यको ५० प्रतिशतसम्म जरिवाना लगाउनुपर्ने बताए ।

‘जरिवानमा कठोर नीति ल्याउनुपर्छ, एउटा मोटरसाइकल सेकेण्ड ह्यान्डमा जति पर्छ त्यो भन्दा बढी जरिवाना लगाउनुपर्छ,’ उनले भने ।

लाइसेन्स वितरणमा लापरवाही भएको र अहिलेको नीति परिवर्तन गर्नुपर्ने माग गरे । एउटा इन्स्च्यिुट कमाउन्ट भित्र ८/१० दिनभित्र चलाएर लाइसेन्स लिने नीति समेत परिवर्तन हुनुपर्ने उनले बताए ।


क्लिकमान्डु