उद्योग वाणिज्य महासंघका पूर्वमहानिर्देशक बर्दी ओझाको निधन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वमहानिर्देशक बर्दी ओझाको निधन भएको छ । सोमबार राती श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लैजाने क्रममा ओझानको निधन भएको हो ।

२०४८ साल साउन १ गते महासंघमा प्रवेश गरेका ओझा २०६३ साल साउन २ गते महासंघबाट अवकाश लिएका थिए ।

महासंघलाई संस्थागत रुपमा बलियो बनाउन ओझाले महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनले मुख्य रुपमा नेपाल भारतबीच भएको सन् १९९६ को वाणिज्य सन्धीको बेला निजी क्षेत्रको तर्फबाट निकै महत्वपूर्ण काम गरेका थिए । ओझाको श्रीमति,२ छोरा र एक छोरी छन् ।


क्लिकमान्डु