स्वास्थ्य मन्त्रालयलाई डेढ करोडको स्वास्थ्य सामग्री सहयोग



काठमाडौं । एक्सन ऐड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणामा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको छ ।

एक्सन ऐड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएकी हुन ।

उक्त सामग्री हस्तान्तरण गर्दै माथेमाले समाजकल्याण परिषद् र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा ९ हजार ४ सय ५७ सेट पीपीई उपलब्ध गराइएको बताइ ।

सामानको मूल्य करिब १ करोड ६२ लाख रुपैयाँ रहेको उनको भनाइ छ । कोभिड रोकथाम तथा नियन्त्रणका लागि अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि पीपीई सेट अनिवार्य भएकाले आफूहरुले मन्त्रालय मार्फत सहयोग गरेको बताइन ।

संक्रमणको दर उच्च भएका क्षेत्रमा आफूहरुले उपलब्ध गराएको पीपीई सेट प्रयोग हुने विश्वास व्यक्त गरिन ।


क्लिकमान्डु