चिनियाँ अर्बपति ज्याक माको आइपीओले १८ जना अर्बपति थपिने
संसारभर नै कोरोनाले तवाह पारिरहेको छ । मानिसहरुमा अझै पनि ठूलो त्रास छ । यूरोपमा कोरोनाको दोस्रो लहर शुरु भएको छ । उत्तरी गोलाद्र्धका देशहरुमा चिसो मौसम शुरु भएको छ । अमेरिकामा यहीबीचमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । संसारभर नै कोरोनाको कहरले अर्थतन्त्र चौपट भइरहेको बेला चीन मात्रै यस्तो देश रहेको छ, जुन देशले विपत्तिमा पनि आफूलाई सबल सावित गरेको छ ।
संसारका सबल भनिएका , आर्थिकरुपमा सम्पन्न ठानिएका देशहरुको अर्थतन्त्र समस्यामा परिरहेको बेला चीनका एक अर्बपतिको कम्पनीले यही बीचमा संसारकै सबैभन्दा ठूलो प्राथमिक निष्काशन गर्यो । अलिबाबाका संस्थापक चिनियाँ अर्बपति व्यापारी ज्याक मा को कम्पनी आन्टले बिक्री गरेको प्राथमिक सेयरले यत्तिबेला संसारलाई नै नयाँ चक्मा दिएको छ ।
चीनका सबैभन्दा धनी ज्याक माको कम्पनी आन्टले हालसम्मकै सबैभन्दा ठूलो रकम बराबरको आइपीओ बिक्री गरेको थियो । हङकङ र सांघाई स्टक एक्सचेञ्जमा मंगलबार उक्त आइपिओ सूचीकृत गरिदैछ ।
बजार पूँजीकरणको आधारमा ज्याकमाको सम्पत्ति २७ अर्ब अमेरिकी डलरले बढ्ने छ । इ–कमर्स प्लेटफर्म कम्पनी अलिबाबा कम्पनीका संस्थापक समेत रहेका अलिबाबाले यसअघि नै ३५ अर्ब अमेरिकी डलरको आइपीओ ल्याएका थिए । जसमा ३ ट्रिलियन डलरको आवेदन परेको थियो ।
सोही आइपिओ मार्फत उक्त कम्पनीले चीनको सांघाई र हङकङ स्टक मार्केटमा प्रवेश गर्ने तयारी गरेको जनाएको थियो । मंगलबार कम्पनीका तर्फबाट उक्त घोषणा सार्वजनिक गरिएको छ । भनिएको छ, मन्दीको समयमा पनि संसारकै सबैभन्दा ठूलो आइपिओ बिक्री गरिएको छ । सेयर भने दुई स्थानमा अर्थात् हङकङ र सांघाई स्टक एक्सचेञ्जमा सूचीकृत हुँदैछ ।
ज्याक मा ले विनकाशन गरेको सेयरको मूल्यको आकार नेपालको अर्थतन्त्र बराबर हो । केन्द्रिय तथ्यांक विभागका अनुसार नेपालको अर्थतन्त्रको आकार ३७ खर्ब रुपैयाँ हो । यसअघि गत डिसेम्बर महिनामा साउदी अरबको तेल कम्पनी साउदी अरामकोले २९.४ अर्ब डलरको आइपीओ जारी गरेको थियो ।
आन्ट अनलाइन पेमेन्ट व्यवसाय हो । जसले ११ प्रतिशत सेयर बिक्री गर्ने तयारी गरेको हो । हाल व्यवसायको कुल सम्पत्ति ३१३ अर्ब डलरको छ ।
जसमा ज्याकमाको कम्पनीमा १७ अर्ब डलर बराबरको हिस्सा छ । आन्ट कम्पनीले अलिपे नामक कम्पनी सञ्चालन गदै आएको छ । जुन चीनमा सबैभन्दा बढी प्रयोग हुने अनलाइन पेमेन्ट हो ।
हाल अलिपे कम्पनीका १ अर्ब २० करोड प्रयोगकर्ता छन् । जसमा सबैभन्दा धेरै चीनमा छन् । साथै एसियाभरीमा कम्पनीका अन्य ९ वटा पाटर्नर छन् । साथै कम्पनीले बीमा, पैसा ट्रान्सफर तथा वेल्थ म्यानेजमेन्ट जस्ता काम पनि गर्दै आएको छ ।
तपाईं पनि खुसी हुनुहुनेछः आन्टका ज्याक माको सेयर आईपीओ मूल्यमा २७ बिलियन डलर बराबरको हो ।
कम्पनीले हङकङ र शांघाईमा दोहोरो लिस्टिङको लागि गरेको घोषणा अनुसारको मूल्यले आइपिओमा विश्व रेकर्ड कायम गरेको छ ।
चीनका हेवीवेट ज्याक माको सम्पत्ति २७ बिलियन डलरले बढाउनेछ र कम्तिमा १८ जनालाई पनि डलर अर्बपति बनाउनेछ ।
फोर्ब्स रियलटाइम अरबपति सूचीका अनुसार यसले अब पूर्व अग्रेजी शिक्षकलाई पनि १२ औं स्थानको सबैभन्दा धेरै धनी बनाइदिनेछ ।
ठूलो परिमाणको आईपीओले अनलाइन व्यापारको द्रुत गतिमा भइरहेको बृद्धिले चीनमा देखिएको बढ्दो मुस्कनलाई समेत संकेत गरेको छ ।
ऋमेरिका र चीनबीचको व्यापार युद्ध एवम् अमेरिकामा नयाँ राष्ट्रपतिको निर्वाचन हन लागेको समयमा आएको आइपिओले थप चीनको अर्थतन्त्रको थप विस्तारलाई समेत मद्दत पुर्याएको देखिन्छ ।
आन्टको प्रस्तावित मूल्य अनुसार अलिबाबाका प्रमुख कार्यकारी अधिकृत डानियल झाङको हिस्सा समेत १.५ बिलियन बराबरको हुन पुगेको छ ।
अमेरिकी प्रशासनले चिनियाँ स्वार्थ जोडिएका कुनै पनि कम्पनीलाई राम्रो नमानेको र कारोबारमा समेत अनेकन उल्झन पैदा गर्ने गरेको बताइएको छ । विशेष गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कानून स्वीकार नगर्नेलाई अमेरिकाबाट हटाउने धम्की दिएका थिए । अमेरिकी मापदण्ड पूरा गर्न असफल भएका कुनै पनि कम्पनीलाई स्वीकार नगर्ने बताइएको थियो ।
चिनियाँ कम्पनीहरूले अमेरिकामा तुलनात्मक रूपमा उच्च मूल्याङ्कन गरेको तथा अन्य सूचीहरुमा समेत परिवर्तन गरेको बताइँदै आएको थियो । त्यसमा सोलार प्यानल आपूर्तिकर्ता, विज्ञापन एवम् चिकित्सा क्षेत्रका उपकरण निर्माता समेत जोडिएका थिए ।
यद्यपी चीन सरकारले ज्याक मा व्यवसाय विस्तारमा आपत्ति जनाएको छ । चिनियाँ केन्द्रिय बैंकले कानून उलंघन गरेको र यसमा ज्याक मालाई कारवाही समेत हुन सक्ने चेतावनी दिएको छ । जसले आइपीओ टे«डिङको मितिलाई समेत पर धकेल्न सक्ने छ ।