हुन्डीको कारोबार गर्ने तीन व्यापारी १ करोडसहित पक्राउ



काठमाडौं । प्रहरीले हुन्डीको कारोबार गर्ने तीन जनालाई १ करोड रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुन्धान काठमाडौं महानगरपालिका–२३, ओम बहाल स्थित गोल्डेन लिफ होटलमा अवैध रुपमा हुण्डी कारोबार गरिरहेका तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा जिल्ला दमक नगरपालिका–११ का हाल ताहाचल बस्ने ब्यापारी विकास मित्तल, झापा जिल्लाकै दमक नगरपालिका–११ का हाल वडा नम्बर ३१ बस्ने कमल मित्तल र पर्वत जिल्ला कुश्मा नगरपालिका–१ हाल काठमाडौंको वडा नम्बर २२ बस्ने गणेश पौडेल रहेका छन् । पौडेल पनि ब्यापारी नै हुन ।

उनीहरुको साथबाट ९९ लाख ८४ हजार रुपैयाँ र ९ सय अमेरिकी डलर समेत जफत भएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु