महासंघ निर्वाचनमा किशोर प्रधानको टिमबाट कार्यकारिणी सदस्यको टिम तयार(सूचिसहित)



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानले पदाधिकारी सहित कार्यकारिणी सदस्यको टिम तयार पारेका छन् ।

महासंघमा अध्यक्ष बन्न लागेका शेखर गोल्छाको साथ र अहिलेका निवर्तमान अध्यक्ष पशुपति मुरारका तथा पूर्व अध्यक्ष कुशकुमार जोशीको समर्थनमा उम्मेद्वारी दिएका प्रधानको समुहमा जिल्ला नगरतर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेद्वारी दिने छन् ।

जिल्ला नगर तर्फ प्रधानको टिममा अरुण सुमार्गी,अशोक अमात्य, तारानाथ घिमिरे, उमेश घिमिरे,रामेश्वर मानन्धर रहेका छन् । यस्तै अशोक ताम्राकार,गजेन्द्र भगत,गोपाल केडिया,देवकुमार श्रेष्ठ र मंगलसिंह ठगुन्ना जिल्ला नगरबाट कार्यकारिणी सदस्यको लागि उम्मेद्वार छन् ।

प्रधानको टिमबाट एशोसियट उपाध्यक्षमा सौरभ ज्योतिले प्रतिस्पर्धा गर्ने छन् । एशोसियटको कार्यकारी सदस्यमा विजयसिंह वैद्य,रन्जित आचार्य,  कृष्ण दुलाल,राजेश अग्रवाल,साहिल अग्रवाल,आनन्द बगारिया,मंगेशलाल श्रेष्ठ,अशोक टिमानी,सुनिल नारायण श्रेष्ठ,ज्योत्स्ना श्रेष्ठ,प्रवलजंग पाण्डे,  सन्दिप गाडिया उम्मेद्वार छन् । यस्तै हेमन्त गोल्छा,शक्ति बेगानी,उदिप श्रेष्ठ समेत उम्मेद्वार रहेका छन् ।

वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ उम्मेद्वार छन् । जसको कार्यकारिणी सदस्यमा अरनिको राजभण्डारी,अशोक शर्मा,बिप्लवमान सिंह,बिष्णु गैह्रे,दिपक दाहाल,गोविन्द ढुंगेल,माधवलाल श्रेष्ठ,महेशलाल प्रधान,मिनमान श्रेष्ठ रहेका छन् । यस्तै सदस्यहरुमा रामबहादुर श्रेष्ठ,शकुन्तलाल हिराचन,सन्दिप अग्रवाल,सारदा रिजाल,शिवप्रसाद घिमिरे,सुनिलगोपाल श्रेष्ठ उम्मेद्वार रहेका छन् ।


क्लिकमान्डु