नेकपा फुट नजिक पुगेको नेकपा महासचिव बिष्णु पौडेलको घोषणा



काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी नेकपा फुट नजिक पुगेको पार्टीका महासचिव बिष्णु पौडेलले घोषणा गरेका छन् । सामाजिक संजाल फेसबुक र ट्वीटर मार्फत अर्थमन्त्री समेत रहेका नेकपा महासचिव पौडेललले पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको बताएका छन् ।

उनले नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित नसक्ने तथा आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्तालाई अनुरोध गरेका छन् ।

नेकपामा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विवाद बढ्दै गएको छ ।


क्लिकमान्डु