सुनको मूल्य प्रतितोला २ सयले घट्यो



काठमाडौं । सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । बिहीबार ९४ हजार ७ सय रूपैयाँमा कायम भएको छापावाला सुनको मूल्य शुक्रबार घटेको हो ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रूपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला मूल्य ९४ हजार रुपैयाँ कायम छ भने चाँदी प्रतितोला ११ सय ८० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु