विनियोजित बजेट अब वडा वा अन्य निकायले आफ्नै खातामा राख्न पाउने



काठमाडौं । सबै स्थानियतह र त्यस मातहतका सबै निकायले विनियोजित बजेट आफ्नै खातामा जम्मा गरी खर्च निकासा गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘सरकारी कारोबार निर्देशिका २०७६’ को पहिलो संशोधनमा थप संशोधन गरी सो व्यवस्था गरको हो ।

संद्यिय संरचना अनुसार हालसम्म विनियोजित बजेट स्थानियतहका महानगरपालिका वा उप महानगरपालिकाले मात्र तोकिएको वाणिज्य बैंक सरकारी खाता खोली विनियोजित बजेट जम्मा गर्ने व्यवस्था थियो ।

जसमा महानगरपालिका वा उप महानगरपालिका अन्तरर्गतका वडा, आयोग, परियोजना, महाशाखा र शाखा लगायतले महानगरपालिका वा उप महानगरपालिकाबाट बजेट निकासा गरेपटि मात्र खर्च गर्न पैसा हातमा पथ्र्यो । तर अब भने विनियोजित बजेट यी निकायहरुले तोकिएको वाणिज्य बैंकमा खाता खोलि जम्मा गरेर आवश्यकता अनुसार खर्च गर्न सक्ने राष्ट्र बैंक बैंकिङ विभागका कार्यकारी निर्देशक नरेश शाक्यले बताए ।

‘विनियोजित बजेट सिधै सम्बन्धित स्थानियतह वा निकाय खर्च गर्न सहज होस् भनेर सरकारी कारोबार निर्देशिकामा थप संशोधन गरिएको हो,’ कार्यकारी निर्देशक शाक्यले क्लिकमाण्डूसँग भने, ‘त्यस्ता खाता खोली सरकारी रकम जम्मा गर्ने वाणिज्य बैंक भने अनिवार्य रुपमा नै खर्च केन्द्र अर्थात महानगर वा उपमाहानगरपालिकाले खोलेको बैंकमा नै हुनु पर्छ ।’

सबै स्थानियतह वा सो मातहतका निकायहरुको सरकारी खाता सञ्चालन, खर्च निकासा अन्य कारोबारको आयव्यय तथा बैंक खाता मिलानका लागि सहज बनाउन सरकारी कारोबार निर्देशिकालाई थप संशोधन गरी समय सापेक्ष सहजिकरण गरिएको शाक्यको भनाइ छ ।


क्लिकमान्डु