विश्व बैंकले नेपालमा ग्रामिण क्षेत्रमा उद्यमशिलता विकास गर्न १० अर्ब रुपैयाँ दिने



काठमाडौं । विश्व बैंकले कोरोना महामारीको पुनरुत्थान तथा नेपालको कृषि क्षेत्रको विकासका लागि ग्रामीण उद्यम र आर्थिक विकासका लागि ८० मिलियन डलर अर्थात् ९ अर्ब ४४ करोड रुपैयाँ बराबरको रकम सहयोग गर्ने भएको छ ।

प्रोजेक्ट नेपाल सरकारका लागि एउटा अवसर भएको तथा निजी क्षेत्रसँग मिलेर काम गर्नका लागि भएको र यसले कृषि क्षेत्रको विकासका लागि सहयोगी भूमिका खेल्ने विश्व बैंकका नेपाल, मालदिभ्स र श्रीलंका हेर्ने निर्देशन फरिसु हाडाड जेरभोसले बताएका छन् ।

यो सहयोगले कोभिडले अर्थतन्त्रमा पारेको असरलाई कम गर्न पनि सहयोगी हुनेछ ।

उक्त प्रोजेक्ट प्रदेश नम्बर १, २, बाग्मती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा लक्षित हुनेछ । हाल विश्व बैंकको सहयोगमा २४ वटा प्रोजेक्ट सञ्चालित छन् । जसमा ३ अर्ब डलरको सहयोग प्राप्त भएको छ ।


क्लिकमान्डु