कोरोना ब्रिफिंङ साताको दुई दिन, अन्य दिन अपडेट मात्रै



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक रूपमा गर्दै आएको कोरोना ब्रिफिङ अब साताको दुई दिन मात्रै हुने भएको छ ।

बुधबार मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अब साताको दुई दिन आइतबार र बुधबार मात्रै मिडिया ब्रिफिङ गर्ने बताएका हुन् ।

आइतबार र बुधबार भने सदा झै साढे ४ बजे मिडिया ब्रिफिङ हुने छ । अन्य दिन भने दैनिक अपडेट मन्त्रालयको वेवसाइट,फेसबुक र भाइबर समूहबाट जानकारी गराइने छ ।


क्लिकमान्डु