नेपाल एयरलाइन्समा कार्यरत सबै विदेशी पाइलट ६ महिनाभित्र हटाइने



काठमाडौं । नेपाल एयरलाइन्समा कार्यरत सबै विदेशी पाइलट ६ महिनाभित्र हटाउने तयारी गरिएको छ ।

नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले ६ महिनाभित्र सबै विदेशी पाइटल हटाउने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार हाल करार अवधि बाँकी रहेका ६ जना मात्रै विदेशी पाइलट कार्यरत छन् ।

‘नेपाल वायुसेवा निगमका किन विदेशी पाइलट राखिरहेको भनेर धेरै साथीहरुले जिज्ञाशा राख्नु भएको छ । वास्तवमा करिब ३० जनामध्ये अब ६ जना मात्र त्यो पनि हाम्रो स्वार्थका लागि करिब ४० प्रतिशत मात्रै तलबमा राखेका छौं । ६ महिनाभित्र सबै हटाउने तयारी गरेका छौं,’ पौडेलले भने ।

लामो समयदेखि उडान नगरे पनि माटो रकममा तलब दिएर विदेशी पाइलट राखिराखेको भन्दै निगमको आलोचना भएको थियो । सोही अनुसार अब निगममा स्वदेशी पाइलट मात्रै राख्ने योजना अनुरुप काम भइरहेको पौडेलले क्लिकमाण्डूलाई जानकारी दिए ।


क्लिकमान्डु