बैंकर अनिल शाह कोरोना संक्रमणमुक्त



काठमाडौं । नबिल बैंकका सीइओ अनिल केशरी शाह कोरोना संक्रमणमुक्त भएका छन् ।

आफू कोरोना संक्रमणमुक्त भएको शाहले फेसबुकमार्फत् जानकारी दिएका छन् । उनले मंगलबार पीसीआर परीक्षण गरेको र बिहीबार नतिजा नेगेटिभ आएको जानकारी दिएका छन् ।

सीइओ शाहलाई कात्तिक २ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका थिए ।


क्लिकमान्डु