भिडियो गेम र क्लाउड डिमान्डले माइक्रोसफ्टको कमाइ ३ महिनामा ३७ अर्ब डलर



कोरोना महामारीका कारण विश्व अर्थतन्त्र र व्यवसायमा मन्दी भइरहेका बेला माइक्रोसफ्टको कमाइमा भने बृद्धि भएको छ ।

कम्पनीले मङगलबार सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो तीन महिना अर्थात् सेप्टेम्बरको अन्त्यसम्ममा ३७.२ बिलियन डलर कमाइ भएको छ ।

वालस्ट्रिट एनालिस्टले माइक्रोसफ्टको कमाइ ३५.८ बिलियन डलर हुने प्रक्षेपण गरेको थियो ।

कम्पनीका सिइओ सत्या नडेलाका अनुसार कम्पनीले क्लाउड कम्प्युटिङजस्ता विभिन्न डिजिटल क्षमतामा विशेष ध्यान दिएका कारण महामारीको समयमा पनि कम्पनीको कमाइमा बृद्धि भएको हो ।

साथै उनले अबको दशकमा सबै व्यवसायको आर्थिक प्रस्तुति उनीहरुको डिजिटल ट्रान्सफर्मेसनमा भर पर्ने बताए ।

कम्पनीको कमाइमा भिडियो गेमको बिक्रि प्रमुख छ । गेमिङ विश्वमै सर्वाधिक धेरै र छिटो बजार लिने मनोरञ्जनको माध्यम बनेको छ ।
माइक्रोसफ्टका निर्देशक कायल भिकस्ट्राम भन्छन्– ‘यो क्षेत्रमा सन् २०२१ मा गेमिङमा २०० बिलियन डर रेभेन्यु जम्मा अनुमान गरेका छौं ।’

माइक्रोसफ्ट अहिले नेक्स्ट जेनेरेशनका भिडियो गेमहरु सार्वजनिक गर्ने तरखरमा रहेको छ ।

कक्सोल, द एस्सबक्स सिरिज जस्ता गेमहरु केहि दिनमै सार्वजनिक हुँदैछन् । सार्वजनिक हुन नपाउँदै कन्सोलबाट निकै राम्रो प्रतिक्रिया आउन थालिसकेको निर्देशक भिकस्ट्रोमले बताए ।

विश्व अर्थतन्त्रको समग्र अवस्थालाई हेर्दा पछिल्लो समय डिजिटल इकोनोमीमा लगानी गरेका कम्पनीहरुले अर्थबजार तताएका छन् ।


क्लिकमान्डु