कोभिड १९ को कारण नबिल बैंकका पूर्व अध्यक्ष शम्भुप्रसाद पौड्यालको निधन



काठमाडौं । कोभिड १९ को कारण नबिल बैंकका पूर्व अध्यक्ष शम्भुप्रसाद पौड्यालको निधन भएको छ ।

पौडेल नबिल बैंकमा २०४२ सालदेखि संचालक थिए । केही समय अगाडि उनी संचालकबाट बाहिरिएका थिए ।

लामो समयसम्म नबिल बैंकमा संचालक तथा अध्यक्ष रहेका  पौड्याल पौडेल कोभिड १९ बाट संक्रमित थिए ।

उनको उपचारको क्रममा ह्याम्स अस्पतालमा निधन भएको हो ।

कोभिड १९ को संक्रमण भएपछि उनको नर्भिक अस्पतालमा भर्ना भएका थिए । त्यसपछि उनलाई ह्याम्स अस्पताल सारिएको थियो ।
उपचारको क्रममा उनको आइतबार निधन भएको हो ।

 


क्लिकमान्डु