नेपालमा जन्मेका आचार्य बालकृष्ण चौकिदारको छोरो हुँदै यसरी बने अर्बपति



आचार्य बालकृष्णको पोशाक र जीवनशैली हेर्दा उनी व्यवसायी होइनन् । योग र आयुर्वेदको ज्ञान बाँडेका आचार्य बालकृष्णको परिचय केही वर्षदेखि फेरिएको छ ।

उनी भारतका अर्बपति व्यवसायी समेत हुन् । अरु अर्बपति जस्तो कर्पोरेट जीवनशैली नबिताएपनि फोब्र्स इन्डियाका अनुसार उनी भारतको ६६ औं धनी व्यक्ति हुन् । फोब्र्सका अनुसार उनीसँग २ अर्ब २० करोड अमेरिकी डलर बराबरको सम्पत्ति छ ।

फोब्र्सका अनुसार पछिल्लो २ वर्षमा भने उनको सम्पत्ति ओरालो लागेको छ । २ वर्ष अगाडि उनको सम्पत्ति ६ अर्ब ३० करोड अमेरिकी डलर थियो भने एकवर्ष अगाडि ४ अर्ब ९० करोड अमेरिकी डलर थियो ।

आचार्य बालकृष्णको नाता भने नेपालसँग छ । नेपाल भारतबीच भएको सन्धी दिएको सुविधा प्रयोग गरेर उनले भारतीय नागरिता लिएका छन् भने उनी भारतीय पासपोर्टमा नै विदेशको यात्रा गर्छन् ।

तर,उनका बाबुआमा तथा दाजुभाई नेपालका हुन् । उनको परिवार स्याङ्जा जिल्लामा बस्ने गर्छन् ।
अर्बपति भएपनि उनको कार्यालयमा कम्युटर समेत छैन । उनको जीवनशैली निकै नै साधारण छ ।

बालकृष्णको जन्म नेपालमा भएको थियो । योगगुरु रामदेवसँग उनको सहकार्य भएको तीन दशकभन्दा बढी भइसकेको छ । हरियाणाको एउटा गुरुकुलमा आचार्य बालकृष्ण र रामदेवले सँगै पढेका थिए ।

दुईजनाले सन् १९९५ मा दिव्य फार्मेसीको स्थापना गरेका थिए ।
सन् २००६ मा पतञ्जली आयुर्वेदको स्थापना गरेका थिए । दुवै कम्पनीका योगगुरु रामदेवको नाममा सेयर छैन । सबै सेयर आचार्य नाममा रहेको छ । पतन्जलीले वार्षिक १० हजार करोड भारतीय रुपैयाँको कारोबार गर्ने गर्छ ।

अहिले पतञ्जलीले खाद्यान्यदेखि सौन्दर्य सामाग्रीसम्मको कारोबार गर्ने गर्ने गर्छ ।

आयुर्वेद र योगको क्षेत्रमा रामदेव र बालकृष्णको जोडीले पछिल्लो दशकमा नयाँ ब्रान्डिङ नै गरेको छ । बहुराष्ट्रिय ब्राण्डको विरोध गर्दै पतन्जली आफैमा ठूलो बहुराष्ट्रिय कम्पनी बनेको छ ।

साधा जीवनशैली धेरैजसो सेतो रङको कुर्ता र धोतीमा देखिने आचार्य बालकृष्णको जीवनशैली निकै नै साधारण रहेको छ ।

यद्यपी उनी निवासबाट कार्यालय जान तथा महंगो मोबाइल भने प्रयोग गर्ने गर्छन् । उनी रेन्ज रोभर कारमा हिड्छ । यो विषयमा मिडियामा सोधिएको प्रश्नमा आचार्य बालकृष्णले भनेका थिए,‘यो गाडीको विषय होइन,यो गाडी सुरक्षित भने छ’।


क्लिकमान्डु