प्रम ओलीले दिएको दशैंको शुभकामनामा पुरानै नक्सा, लिम्पियाधुरा, कालापानी र लिपुलेक गायब



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दशैंको शुभकामना दिए । शुभकामनामा नेपालको निशान छाप प्रयोग गरिएको छ । तर उक्त निशान छापमा भने संशोधित नक्सा भने छैन ।

प्रधानमन्त्री ओलीले केही समय अघि नेपालको राजनीतिक नक्सा संशोधन गरेका थिए । भारतले लामो समयदेखि अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरिएको थियो ।

त्यसयता सांसदको लोगो समेत परिवर्तन गरिएको थियो । भने सबै नक्सा परिवर्तन गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा कुमारी अर्यायलले नक्सा बाँड्दै पनि हिँडेकी थिइन् ।

त्यसपछि भारत चिढिएको थियो भने । नेपाल र भारतबीच राजनीतिक रुपमा तनाब पैदा भएको थियो । नक्सा जारी भएपछि प्रधानमन्त्री ओलीले पटक पटक भारतका विरुद्धमा विभिन्न टिकाटिप्पणी गरेका थिए ।

नयाँ राजनीतिक नक्सा


क्लिकमान्डु