सिटिजन्स बैंकको नाफा उल्लेख्य वृद्धि, कोरोनाले पारेन असर



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्ने बैंकमा सिटिजन्स बैंकले पहिलो बनेको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड ५५ लाख ९१ हजार ३२८ रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४७.६६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकको नाफा ३४ करोड ९१ लाख ६९ हजार ३८६ रुपैयाँ रहेको थियो । चालु आवको तीन महिनामा बैंकको वितरण योग्य नाफा ९२ लाख ७४ हजार २२९ रुपैयाँ रहेको छ ।

चालु आवको तीन महिनामा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि सुधार देखिएको छ । जसले नाफा बढाउन सहयोग पुगेको छ । गत आवको तेस्रो त्रैमासमा ७० करोड ८३ लाख २५ हजार ११५ रुपैयाँ रहेकोमा चालु आवको सोही अवधमिा आईपुग्दा ८३ करोड ९१ लाख ७२ हजार ५१७ रुपैयाँ पुगेको छ । यस्तै बैंकको सञ्चालन नाफा पनि बढेर ७३ करोड ३० लाख ७५ हजार ८१२ रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ४८ करोड ९२ लाख १३ हजार ९८० रुपैयाँ रहेको थियो ।

९ अर्ब ८ करोड ९८ लाख १७ हजार २९० रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ९० करोड ५९ लाख ९८ हजार २८१ रुपैयाँ रहेको छ । ९७ अर्ब ९४ करोड ६ लाख २१ हजार ५६१ रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ८२ अर्ब ६४ करोड ८६ लाख २३ हजार ७६६ रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा ०.९८ प्रतिशत रहेकोमा चालु आवको तेस्रो त्रैमासमा बढेर १.४३ पुगेको छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६९ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ४० पैसा रहेको छ ।
कोरोनाका कारण सबै क्षेत्र प्रभावित हुँदा पनि बैंकको नाफा आर्जनमा भने कुनै कमि देखिएको छैन । बैंकको काम कारबाहीलाई कोरोनाले न्यून असर पारेको देखिएको छ ।


क्लिकमान्डु