पोन्ड्स नेपालद्वारा ‘पोन्ड्स फेस्टिभ रेडी सेल्फी’ प्रतियोगिता शुरु



काठमाडौं । बडा दशैं शुरु भएसँगै पोन्ड् नेपालले ‘पोन्ड्स फेस्टिभ रेडी सेल्फी’ प्रतियोगिताको शुरुवात गरेको छ ।

सेल्फी प्रतियोगितामा भाग लिनका लागि सहभागीहरुले दशैं मनाउनका लागि तयार भएको आफ्नो फोटो खिचेर पोन्ड्स नेपालको अधिकारिक फेसबुक ह्याण्डलमा मेसेज पठाउनु पर्ने छ । र, सो फोटोहरु प्राप्त भए पश्चात प्रतियोगीहरुको सहमतिमा फेसबुक पेजमा पनि अपलोड हुनेछ ।

साथै सहभागीहरुले आफ्नो फेसबुक पेजमा पनि आफ्नो फोटो सेयर गर्नुपर्ने छ । अपलोड भएका फोटोमध्ये ५ सहभागी विजेता घोषित हुनेछन् । बिजेताहरुले गिफ्ट ह्याम्पर पाउनेछन् । प्रतियोगिता कात्तिक ५ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ ।


क्लिकमान्डु