प्रधानमन्त्री ओलीलाई भेटेर भारत फर्किए रअ प्रमुख गोयल



काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्त कुमार गोयल भारत फर्किएका छन् ।

गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार गोयलले बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भेट गरेका हुन् ।

भेटका क्रममा उनले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको सल्लाहकार थापाले बताए ।


क्लिकमान्डु