उपभोक्ताको भान्सा महंगिदै: तरकारी, दाल तथा गेडागुडीको मूल्य उच्च वृद्धि



काठमाडौं । यो वर्ष तरकारी एवम् दाल तथा गेडागुडीको मूल्य वृद्धि उच्च रहेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङक अनुसार तरकारी एवम् दाल तथा गेडागुडीको मूल्य वृद्धि उच्च रहेको हो ।

यो अवधिमा काठमाडौं उपत्यकामा ३.६६ प्रतिशत, तराईमा ४.७१ प्रतिशत, पहाडमा ४.७३ प्रतिशत र हिमालमा ४.५१ प्रतिशत मुद्रास्फीति रहेको छ ।

भदौमा यी क्षेत्रहरुमा क्रमशः ७.९० प्रतिशत, ५.६९ प्रतिशत, ५.०९ प्रतिशत र ५.०२ प्रतिशत मुद्रास्फीति रहेको थियो । थोक मुद्रास्फीति भदौमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.८० प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.४० प्रतिशत रहेको थियो । यो अवधिमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १०.९३ प्रतिशत, ८.६२ प्रतिशत र २.६१ प्रतिशत रहेको छ । भदौ महिनामा निर्माण सामग्रीको थोक मूल्य २.१३ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्ष २०७७७-०७८ को दोस्रो महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.५२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१६ प्रतिशत रहेको थियो ।

यो महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.६८ प्रतिशत रहेको छ ।


क्लिकमान्डु