शिलन्यास भएको ५ वर्षपछि रानीपोखरीको मन्दिर निर्माण सम्पन्न, राष्ट्रपतिले भोलि उद्घाटन गर्ने



काठमाडौं । पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन भोलि हुने भएको छ । उद्घाटन कात्तिक ५ गते बुधबारको दिन दिउँसो १२ बजे हुने तय भएको छ ।

२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन गर्न लागिएको सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले बताए ।

राष्ट्रपति विद्यादेवि भण्डारीले रानीपोखरीको उद्घाटन गर्ने मन्त्री श्रेष्ठले बताए । २०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्टपति भण्डारीले नै रानीपोखरी पुननिर्माणको शिलान्यास गरेकी थिइन ।

यसअघि गम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुननिर्माण गरिएको छ ।

१९९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुननिर्माण गरिएको थियो । तर फेरि रानीपोखरीलाई आधुनिक शैलिबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलिबाट निर्माण गरिएको हो ।
त्यसैले शिलान्यास भएको करिब ५ वर्षपछि मात्र्र रानीपोखरी पुननिर्माणको काम सम्पन्न भएको छ ।


क्लिकमान्डु