सेफ्स एशोसिएसन र लायन्स क्लबको सहकार्यमा रत्नपार्कमा दैनिक निःशुल्क खाना



काठमाडौ । कोरोना प्रभावितहरुलाई रत्नपार्कमा दैनिक निःशुल्क खानाको व्यवस्था गरिएको छ ।

लायन्स क्लब अफ काठमाडौं न्यू ग्रीनसिटी, मानबी क्रिएटिभ एसोसिएसन, सेफ्स एशोसिएसन अफ नेपाल र लायन्स क्लब अफ काठमाडौं टासीको संयुक्त आयोजनामा दैनिक निशुल्क भोजन कार्यक्रम गरिएको हो ।

उक्त निःशुल्क खाना कार्यक्रमको सहयोगिमा ह्याप्पी होस्टेल काठमाडौं, सेतिओपी युवा क्लब रेन्वो भोलेन्टेयर, ल्यान्डमार्क होटल, मनासलु एडभेञ्चर छन् ।

खाना व्यवस्थापनका लागि ल्यान्डमार्क होटेलका एक्जुकेटिभ सेफ तथा सेफ्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष शिवहरि घिमिरेको संयोजकत्वमा वरिस्ठ सेफ दधिराम दाहालु, बहादुर थापा मगर र श्यामसुन्दर श्रेष्ठको योगदान छ ।

टिमले रत्नपार्कमा मात्र नभई सिन्धुपाल्चोक र दोलखाको विभिन्न ठाउँमा बाढी पहोरोबाट प्रभावितलाई समेत सहयोग गरेको थियो ।

निःशुल्क खानाका साथै रत्नपार्कमा गरिबका लागि लत्ताकपडा वितरण कार्य समेत गरिएको छ ।

लत्ता कपडा वितरणको संयोजकत्व क्लबका मार्केटिङ कम्युनिकेसन अफिसर कमल दाहालले गरेका थिए । धादिङ जिल्लामा पनि बृद्धाहरुको लागि टर्च लाइट, वाकिङ स्टिक र छातालगायत सामग्री वितरण गरिएको छ ।

विभिन्न बाल तथा वृद्धाश्रममा राशन तथा हरियो तरकारी समेत सहयोग उपलब्ध गराउँदै आएको सेफ्स एशोसिएसनका उपाध्यक्ष शिबहरि घिमिरेले जानकारी दिए ।

कोरोनाका कारण पर्न गएको असरलाई कम गर्न ७७ वटै जिल्लामा फुडबैंक समेत सञ्चालनमा ल्याउने काम भइरहेको र सोही कार्यक्रम अन्तर्गत रत्नपार्कको खुल्लामञ्चमा निशुल्क खाना खुवाउने कार्यक्रम शुरु भइसकेको कार्यक्रम संयोजक र लायन्स क्लब ग्रिन सिटिका अध्यक्ष इन्द्रबहादुर कार्कीले बताए ।

कोभिडका कारण लकडाउन शुरु भएयता २०५ दिनदेखि रत्नपार्कमा दैनिक ३०० देखि ३५० जनाले खाना खाने गरेको आयोजकले क्लिकमाण्डुलाई बताए ।


क्लिकमान्डु