अति आवश्यक भए मात्रै घरबाहिर निस्कनु– काठमाडौं जिल्ला प्रशासन



काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले अति आवश्यक भए मात्रै घरबाहिर निस्कन र त्यसबाहेक घरमै सीमित रहन अनुरोध गरेको छ ।

प्रशासन कार्यालयले सोमबार जारी गरेको सूचनामा व्यक्तिगत तथा सामूहिक रुपमा सचेतता अपनाई जो जहाँ छौं सोही ठाउँमा रही चाडबाड मनाउन र अति आवश्यक नभइ घरबाट बाहिर ननिस्कन र निस्कनै पर्ने भए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्ड अनिवार्य पालना गर्न भनेको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले नियन्त्रण तथा रोकथामका लागि प्रशासन कार्यालयले उक्त अनुरोध गरेको हो ।


क्लिकमान्डु