टिभिएसले खोल्यो एकै पटक १२ सोरुम, देशभर १३२ पुग्यो



काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारीक बितरक जगदम्बा मोटर्सले आफ्नो सेवा विस्तारका क्रममा एकै पटक १२ वटा नयाँ शोरुम खोलेको छ ।

कम्पनीले घटस्थापनाको साइतमा उक्त शोरुम संचालनमा ल्याइएको हो । जगदम्बाले काठमाडौंको महालक्ष्मी स्थान, सानोभर्याङ, महाराजगञ्जसहित बनेपा, नेपालगंज, कावासोती, तुलसीपुर, फत्तेपुर, भण्डारा, त्रिशुली, उर्लाबारी र अर्घाखाचीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । यो सहित देशभर टिभिएसका १३२ वटा शोरुम पुगेका छन् ।

नयाँ शोरुम संचालनमा आएको अवशरमा कम्पनीका भाइस प्रेसिडेन्ट दिपककुमार अग्रवालले टिभिएसको थ्रीएस (सेल्स, सर्भिस, स्पेर्स पार्टस) सहितका यी नयाँ शोरुम मार्फत नेपालको सबै स्थानमा टिभिएसको प्रोडक्ट पुगेको बताए । नेपालमा हरेक वर्गलाई उपर्यूक्त हुने १०० सीसीदेखि ३०० सीसी माथिका मोटरसाइकल र स्कुटरहरु रहेका छन् ।

अहिले टिभिएसले अपाचे सिरिज, स्टाइकर, रेडन लगायतका मोडल बिक्री गर्दै आएको छ भने एनटर्क, ज्यूपिटर र वीगो जस्ता स्कुटर विभिन्न भेरियन्टमा बिक्री गर्दै आएको छ ।


क्लिकमान्डु