होण्डाको सिआर–भि २०२० को नेपाली बजारमा, के के छन् विशेषता ?



काठमाडौं । स्याकार ट्रेडिङ्ग कम्पनीले आईडीटीसीई इन्जिन युक्त नयाँ होण्डा सिआर–भि २०२० नेपाली बजारमा ल्याएको छ ।

एडभान्स, एनरजेटिक एण्ड स्मार्टको ग्राण्ड कन्सेप्टमा निर्मित ५ औं जनरेशनको यो होण्डा सिआर–भि २०२० मा हाई–टेक्नोलोजीयुक्त एक्स्टेरियर र इन्टेरियर सुविधाहरुले सबैको ध्यानआकर्षण गर्ने छ ।

आफ्नो सेग्मेन्टमा सर्वाधिक २१० एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस कारमा एड्भान्स इन्टिगे्रटेड एलईडी हेड ल्याम्पस्, इनलाइन एलईडी फगल्याम्पस्, फ्रन्ट पार्किङ्ग सेन्सर, पुस बटन गियर सिस्टम, प्यानोरोमा सनरुफ, स्मार्ट किलनेश इन्ट्रि, प्याडल सिफ्टिङ्गगियर, ८ प्रकारको पावर ड्राइभिङ्ग सिट, ४ प्रकारको लम्बर सर्पोट सिट, उच्चस्तरीय लेदर तथा ऊडन फिनिस क्याबिनका साथै ७ जना सम्म बस्न सकिने सुविधाहरु रहेको छ ।

९ स्पिड सीभीटी सहितको १.६ आईडीटिईसी टर्भो इन्जिनयुक्त र अफ रोडिङ्गअनि सिटी ड्राइभ दुवैका लागि पावर र पर्फमेन्स युक्त होण्डा सिआर–भि ले नेपाली रोडहरुमा असली एसयूभीको आन्नद लिन चाहने ग्राहकहरुको मन जित्न सफल हुनेछ ।


क्लिकमान्डु