दशैं शुरु भएसँगै बैंक तथा वित्तीय संस्थामा भिड बढ्यो



काठमाडौं । कोभिड संक्रमणको जोखिममा पनि बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहकको घुँइचो बढेको छ । बैंकहरुले सबै शाखा कार्यालयमार्फत् सेवा दिएपनि पैसा राख्ने र झिक्नेहरुको संख्या बढेकाले भिडभाड बढेको हो ।

दशैं नजिकिदै गर्दा पैसा झिक्नेहरुको संख्या बढेकाले पनि भिड बढेको देखिएको छ । कतिपय बैंक तथा वित्तीय संस्थामा पैसा झिक्नेहरुको लाइन सडकसम्मै आएको देखिएको छ ।

कतिपय बैंकहरुमा कोभिड संक्रमणको कारण पनि सबै कर्मचारीहरु राखेर पूर्णरुपमा सेवा दिन नपाएकाले भिडभाड बढेको बैंकर्सहरुको भनाइ छ ।

बैंकहरुले डिजिटल बैंकिङमार्फत् भुक्तानी गर्ने व्यवस्था मिलाए पनि त्यसको पहुँच सबै ग्राहकमा नहुँदा पैसा निकाल्नका लागि बैंकसम्म पुग्नैपर्ने बाध्यता छ ।

त्यस्तै संक्रमण बढ्दै गएको अवस्थामा फेरि पनि निषेधाज्ञा हुने हल्लाका कारण मानिसहरु पैसाको जोहो गर्न बैंकसम्म पुग्ने गरेका छन् ।


क्लिकमान्डु