साढे ३४ लाखको होण्डा सिबिआर ६०० आर आर बजारमा



काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनले होण्डा सिबिआर ६०० आर आर नेपाली बजारमा भित्र्याएको छ ।

४ सिलिन्डर लिक्विड कुलइन्जिन रहेको सिबिआर ६०० आर आर मा ५९९ सिसिको इञ्जिन क्षमता रहेको छ ।

६६ एनएमटर्क र १२० हर्सपावर रहेको यस बाइकलाई ० देखि १०० कि.मि प्रति घण्टा पुग्नलाई मात्र ३.१ सेकेण्ड लाग्ने कम्पनीले जारी विज्ञप्तिमा उल्लेख छ ।

६ स्पिड गेयर बक्स गरेको यस बाइकको टप स्पिड २५० कि.मि. प्रति घण्टा रहेको छ । यो बाइकको मूल्य ३४ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।


क्लिकमान्डु