‘टिभिएस दशैँको आशा’ स्कीम अन्तर्गत विजेता छनोट



काठमाडौं । टिभिएस दशैंको आशा योजना अन्तर्गत हरेक हप्ता हुने गोलाप्रथामा गणेशप्रसाद गौतमले टिभिएस अपाचे आरआर ३१० जितेका छन् ।

यस योजनामा सहभागिता जनाउन टिभिएसको मोटरसाइकल खरिद गरेकै हुनु पर्छ भन्ने छैन । ‘टिभिएस दशैँको आशा’ योजना अन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कूटरको खसरदमा ७ हजार रुपैयाँ नगद छुट पाउने छन् ।

यस्तै ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्कीम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।

बम्पर उपहारका रूपमा, हरेकहप्ता एक जनाले जित्न सक्ने आरआर ३१० टिभिएसकै सबैभन्दा महंगो मोटरसाइकल हो ।


क्लिकमान्डु