वाणिज्य बैंकले ल्यायो दशैं तिहार अफर योजना



Print

काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले दशै तिहार लगायत पर्वलाई मध्यनजर गर्दै कात्तिक १ देखि सबै शाखा मार्फत विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने भएको छ ।

त्यसको लागि बैंककै प्वाइन्ट अफ सेल (पीओएस) को माध्यमवाट भुक्तानी सेवा शुरु गरेको छ ।देशभर रहेको विभिन्न व्यवसायहरुमा बैंकको कार्डबाट पीओएसको माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैंया जुन कम हुन्छ सो रकम क्यासब्याक हुने छ ।

विश्वव्यापी रुपमा फैलिएको माहामारीबाट टाढा रहनको लागि समेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने छ । यो प्रणालीबाट ग्राहकवर्ग, बैकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाईदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।


क्लिकमान्डु