स्थिर ब्याजदर कार्यान्वयनमा, कुन बैंकको कति दर ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले कात्तिक १ देखि स्थिर ब्याजदर प्रणाली लागु गर्दैछ । बैंकहरुले यसको सूचि समेत प्रकाशित गरेका छन् ।

बैंकहरुले प्रकाशित गरेको सूचि हेर्दा अधिकांश बैंकको ५ वर्षसम्मको लागि स्थिर ब्याजदर १० प्रतिशतभन्दा मुनी रहेको छ । ५ देखि १० वर्षसम्मको लागि १० प्रतिशतभन्दा माथि छ ।
निश्चित आम्दानी हुने मध्यम वर्गले यसबाट फाइदा उठाउन सक्ने विश्लेषण नेपाल राष्ट्र बैंकले गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले ७.९९ देखि १३ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले सात वर्ष अवधिको गाडी किन्न १०.७५ प्रतिशत ब्याजदरमा ऋण  दिन्छ । यस्तै घरको लागि १० वर्षको ब्याजदर साढे १२ प्रतिशत छ ।

नबिल बैंक

नबिल बैंकले १५ वर्षसम्मको घर र गाडीको लागि ११ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै ५ देखि १० वर्षसम्मको लागि १०.५० प्रतिशत ब्याजदर तोकेको छ ।

ग्लोबल आइएमइ बैंक

ग्लोबल आइएमई बैंकले १५ वर्षसम्मको घरकर्जामा ११.९ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै ५ वर्षसम्मको गाडी खरिदको लागि ११.९९ प्रतिशत ब्याजदरमा ऋण दिने सार्वजनिक गरेको छ । बैंकको पनि समय अनुसार ब्याजदर फरक फरक छ ।

स्ट्यान्डड चार्टर्ड बैंक

स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५ वर्षसम्मको गाडी किन्न १०.७५ प्रतिशत ब्याजदरमा ऋण दिने छ । यस्तै ७ वर्षको लागि ११.७५ प्रतिशत ब्याजदर लिने छ । घरको लागि ५ वर्ष ब्याजदर १०.७५ प्रतिशत छ भने ७ वर्षको लागि ११.७५ प्रतिशत ब्याजदर छ ।

राष्ट्रिय वाणिज्य बैंक

पूर्ण सरकारी स्वामित्व राष्ट्रिय वाणिज्य बैंकले ९ देखि ११ प्रतिशतसम्म समय अनुसार फिक्स ब्याजदर तोकेको छ । वाणिज्य बैंकबाट समेत १५ वर्षसम्मको लागि घरकर्जा पाइन्छ । जसको ब्याजदर साढे ११ प्रतिशत छ । गाडी खरिदका लागि बैंकले साढे ९ प्रतिशत ब्याजदरमा ऋण दिन्छ । जसको ब्याजदर साढे ९ प्रतिशत छ ।

प्रभु बैंक

प्रभु बैंकले ५ वर्षसम्को घरकर्जामा ९.९९ प्रतिशत र गाडी खरिदका लागि १०.२४ प्रतिशत ब्याजदर लिने छ । यस्तै ५ देखि १० वर्षसम्म घर खरिदका लागि १०.९९ प्रतिशत र गाडीको लागि ११.२४ प्रतिशत ब्याजदर तोकेको छ ।

हिमालयन बैंक

हिमालयन बैंकले १५ वर्षसम्मको लागि घरजग्गा दिने उल्लेख गरेको छ । जसमा १५ वर्षसम्मको घरकर्जामा १२.४९ प्रतिशत छ । यस्तै गाडी खरिदका लागि ८ वर्षसम्मको लागि ब्याजदर दिने भनेको छ । जसमा १०.४९ प्रतिशत ब्याजदर तोकिएको छ ।

कृषि विकास बैंक
कृषि विकास बैंकले १० वर्षभन्दा माथिको घरकर्जामा ११.२५ प्रतिशत फिक्स ब्याजदर तोकेको छ । यस्तै ७ वर्षसम्मको गाडी खरिद गर्नको लागि १०.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकमा १० वर्षसम्म घरकर्जा ११.८९ प्रतिशत छ । गाडीको लागि १०.९९ प्रतिशत ब्याजदर तोकेको छ ।
बैंकले ५ वर्षसम्मको घर कर्जा ९.८९ प्रतिशत ब्याजदर तोकेको छ । सवारी साधनमा ९.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

एनएमबि

एनएमबि बैंकले समय अनुसारको ब्याजदर फरक तोकेको छ ।

बैंकले १५ वर्षसम्मको लागि घरकर्जाको ब्याजदर १२.९९ प्रतिशत तोकेको छ । यस्तै गाडी कर्जा समेत १५ वर्षभन्दा माथिको १२.९९ प्रतिशत तोकेको छ । बैंकले ३ वर्षको लागि एउटा,५ वर्षको लागि एउटा गरेर ब्याजदर फिक्स गरेको छ ।

नेपाल बैंक

नेपाल बैंकको ब्याजदर ९.५ प्रतिशतदेखि १३.९३ प्रतिशतसम्मछ । वर्ष अनुसार बैंकले ब्याजदर फरक फरक तोकेको छ ।

नेपाल एसबीआइ बैंक

नेपाल एसबीआई बैंकले १० वर्षभन्दा माथिको घरकर्जा १४.५० प्रतिशत ब्याजदरमा लिने जनाएको छ । यस्तै गाडी खरिदको लागि १० वर्षसम्मको लागि १४ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूको फिक्स ब्याजदर समय अनुसार फरक छ । १५ वर्षभन्दा माथिको घरकर्जाको लागि १२.९८ प्रतिशत ब्याजदर तोकिएको छ । यस्तै गाडी खरिद गर्न बैंकले ५ वर्षभन्दा बढी समयको लागि ११.४९ प्रतिशत ब्याजदरमा ऋण दिने छ ।

सानिमा
सानिमा बैंकको ३ वर्षभन्दा माथिको ऋणमा १३ प्रशितभन्दा बढी ब्याजदर लिने छ । समय अनुसार सानिमा बैंकको ब्याजदर समेत फरक छ ।

लक्ष्मी बैंक
लक्ष्मी बैंकले १५ वर्षसम्मको लागि घरकर्जा दिने छ । जसमा १२.९९ देखि १३.९९ प्रतिशत ब्याजदर तोकिएको छ । यस्तै ५ देखि १० वर्षको घरकर्जामा ११.९९ प्रतिशतदेखि १२.९९ प्रतिशत ब्याजदर तोकिएको छ । अटोलोन भने बैंकले १० वर्षको लागि दिन्छ । जसमा १२.९९ प्रतिशतदेखि १३.९९ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।

सनराइज बैंक

सनराइज बैंकले १५ वर्षसम्मको घर कर्जाको लागि साढे ११ प्रतिशत ब्याजदर लिने जनाएको छ । गाडी खरिद गर्न बैंकले ८ वर्षसम्मको लागि कर्जा दिन्छ । यसको ब्याजदर साढे ११ प्रतिशत तोकिएको छ ।

कृषि विकास बैंक
कृषि विकास बैंकले १० वर्षभन्दा माथिको घरकर्जामा ११.२५ प्रतिशत फिक्स ब्याजदर तोकेको छ । यस्तै ७ वर्षसम्मको गाडी खरिद गर्नको लागि १०.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
प्राइम कमर्सियल बैंक
प्राइम बैंकको ब्याजदर समय अनुसार फरक छ । १० वर्षभन्दा माथिको घरकर्जामा साढे १२ प्रतिशत ब्याजदर छ ।

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले २० वर्षसम्मको लागि घरकर्जा दिने फिक्स ब्याजदर गरेको छ । जसमा ११.४९ प्रतिशत ब्याजदर तोकिएको छ । यस्तै गाडी खरिदको लागि ५ वर्षसम्मको लागि ९.९९ प्रतिशत र सोभन्दा माथिको लागि १०.९९ प्रतिशत ब्याजदर तोकिएको छ ।

सिद्धार्थ बैंक

सिदार्थ बैंकको ब्याजदर समय अनुसार फरक छ । बैंकले १० वर्षभन्दा माथि समयको घर कर्जामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै ५ वर्षभन्दा माथिको सवारी कर्जामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

सेञ्चुरी बैंक

सेञ्चुरी बैंकले १० वर्षभन्दा माथिको घरकर्जामा १२.७४ प्रतिशत ब्याजदर लिने छ । ७ वर्षसम्म गाडी किन्नको लागि लिने ऋणमा १२.२४ प्रतिशत ब्याजदर लिने छ ।


क्लिकमान्डु