५ वर्षपछि अर्थमन्त्रालयमा फर्किए बिष्णु पौडेल, २० करोड डलर ऋण लिने फाइलमा हस्ताक्षर



काठमाडौं । नविनियुक्त अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पदभार ग्रहरण गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री बनेका पौडेलले बिहीबार पदभार ग्रहण गरेका हुन् ।

शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेपछि पौडेल अर्थ मन्त्रालय पुगेका हुन । उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

यसअघि पौडेल पहिलो पटक २०७२ साल कात्तिक १९ गते अर्थमन्त्री बनेका थिए । नेकपाका महासचिव रहेका पौडेल अहिले दोस्रो पटक झण्डै ५ वर्षपछि पुन अर्थ मन्त्रीको जिम्मेवारी सम्हाल्न मन्त्रालय पुगेका छन् ।

उनले अर्थमन्त्रीको रुपमा पहिलो निर्णय विश्व बैंकबाट २० करोड डलर ऋण लिने फाइलमा हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु