अर्थ सहित नवनियुक्त ३ मन्त्रीले लिए शपथ ग्रहण



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री बनेका तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।

शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन् ।

तीनै जना मन्त्रीले आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।


क्लिकमान्डु