हिमालयन बैंकले सार्वजनिक गर्यो कात्तिक महिनाको ब्याजदर
काठमाडौं । हिमालयन बैंकले कात्तिक महिनाको ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचत र कर्जाको ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकका अनुसार मुद्दति निक्षेपमा व्यक्तिगत रुपमा ७.५० र व्यक्तिगत रुपमा ५.५० प्रतिशतसम्म रहेको छ । मुद्दति निक्षेपमा पनि समय अनुसार ब्याजदर फरक फरक रहेको छ । यस्तै बचतमा न्यूनतम ०.२५ देखि ४ प्रतिशतसम्म रहेको छ ।
असार मसान्तसम्म बैंकको आधार दर ८.३८ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १३.३८ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट एमएसई लोन, शैक्षिक धितोकर्जा, डिमान्ड, एक्सपोर्ट, टर्म, लोन लिँदा १३.३८ प्रतिशतसम्म ब्याज लाग्ने छ ।
बैंकले होम लोन, हायर पर्चेज लोन, सुविधा लोनको ब्याजदर निश्चित निर्धारण गरेको छ । जसमा ९.९९ लेखि १०.९९ प्रतिशतसम्म रहेको छ ।