तीन बैंकसहित २६ कम्पनीको लाभांश घोषणा, कसको कति ? (विवतरणसहित)



काठमाडौं । सञ्चालमा रहेका बैंक तथा वित्तीय संस्था, म्यूचुअल फण्डहरुले आर्थिक वर्ष २०७६/०७७ को लाभांश घोषण गर्न थालेका छन् ।

अहिलेसम्म विभिन्न २६ वटा संस्थाहरुले लाभांश घोषणा गरिसकेका छन् । लाभांश दिन प्रस्ताव गर्नेमा बैंकको संख्या अहिलेसम्म ३ वटा पुगेको छ । माछापुच्छ«े, बैंक अफ काठमाण्डू र सानिमा बैंक रहेका छन् ।

लघुवित्त तर्फ ५ वटा रहेका छन भने बाँकी म्यूचुअल फण्ड रहेका छन् । उस्तै उत्पादन मुलक कम्पनीले पनि लाभांश घोषणा गर्न थालेका छन् । शिवम शिमेन्टले २४.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

लाभांश घोषणमा पहिलो बनेको माचापुच्छ«े बैंकले १०.४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा नगद ३.३७ र बोनस सेयर ७.०३ प्रतिशत रहेको छ । दोस्रो रहेको बैंक अफ काठमाण्डूले नगद ३ प्रतिशत र बोनस १३ प्रतिशतसहित १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै सानिमा बैंकले नगद ३.६ र बोनस १० सहित १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकहरुको भन्दा धेरै लाभांश माइक्रोफाइनान्सले दिने भएका छन् । लाभांश घोषणा गरेका आरएसडिसी लघुवित्त वित्तीय संस्था, आशा, आरएमडिसी, फस्ट माइक्रोफाइनान्स र समता माइक्रोफाइनान्स रहेका छन् । यसमा सबैभन्दा बढी समताले २६.३२ प्रतिशत लाभांश दिने भएको छ । समताले २० प्रतिशत बोनस र ६.३२ प्रतिशत नगदसहित २६.३२ प्रतिशत लाभांश दिने भएको छ ।

यस्तै आशाले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद, आरएमडिसिले बोनस १५ र नगद ५ प्रतिशत, फस्ट फाइक्रोफाइनान्सले बोनस २० र नगद ६.३२ प्रतिशत, आरएसडिसी लघुवित्त वित्तीय संस्थाले नगद ३.६३ र बोनस ९ सहित १२.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्विकृती र संस्थाको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

यस्तै लाभांश घोषणा गरेका म्यूचुअल फण्डमा सबैभन्दा बढी लाभांश दिनेमा सिटिजन्स म्यूचुअल फण्ड १ रहेको छ । फण्डले १५ प्रतिशत नगद दिने भएको छ । १० प्रतिशत भन्दा बढी नगद लाभंश दिने म्यूचुअल फण्डमा सिटिजन्स म्यूचुअल फण्ड १, सिटिजन्स म्यूचुअल फण्ड २, एनआईसी एसिया ग्रोथ फण्ड र एनआईबीएल सम्बृद्धि फण्ड १ रहेका छन् । फण्ड १ ले १५ र २ ले १० प्रतिशत तथा एनआईसी एसिया ग्रोथले १२ र एनआईबीएलले पनि १२ प्रतिशत लाभांश दिने भएका छन् । सबैभन्दा कम ग्लोबल आईएमई समुन्नत स्किम १ को ४ प्रतिशत मात्रै रहेको छ ।

लाभांश घोषणा गरेको कम्पनीमा यूनिलिभर नेपालले १०० प्रतिशत नगद लाभांश दिने भएको छ । नगद लाभांश दिनेमा अहिलेसम्म सबैभन्दा बढी यूनिलिभर नेपाल नै रहेको छ । अब धमाधम बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घाषणा गरिरहेका छन् । जसले लगानीकर्तालाई बजारप्रति आकर्षिक गरिरहेको छ ।


क्लिकमान्डु