इन्भेष्टमेण्ट बैंकको विशेष सभाले पारित गर्यो सिटि एक्सप्रेस फाइनान्स एक्वायर गर्ने प्रस्ताव
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको विशेष साधारण सभाले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति (एक्वायर) गर्ने विषयलाई अनुमोदन गरेको छ ।
बुधबार सम्पन्न विशेष साधारण सभाले उक्त फाइनान्सलाई प्राप्ति गर्ने विषय पास गरेको हो । कोरोना भाइरसको संक्रमणका कारण बैंकले भर्चुअल माध्यमबाट उक्त सभा सम्पन्न भएको हो ।
सभाले सिटी एक्सप्रेस फाइनान्सलाई १००ः३० अर्थात् सिटी एक्सप्रेस फाइनान्स कम्पनीको १०० कित्ता सेयर बापत नेपाल इन्भेष्टमेण्ट बैंकको ३० कित्ता सेयर दिने भएको छ ।
४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सलाई गाभ्ने प्रक्रिया सम्पन्न भएपछि बैंकको चुक्ता पूँजी १४ अर्ब ३७ करोड हुनेछ । प्रवद्र्धकहरुको सेयर स्वामित्व ६८.४८ प्रतिशत हुनेछ भने सर्वसाधारणहरु सेयर स्वामित्व ३१.५२ प्रतिशत हुनेछ ।
बैंकले ८३ वटा शाखा, १२५ वटा एटीएमहरू, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ्ग काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पु¥याइरहेको छ ।