स्वास्थ्य सेवामार्फत २ सय ४० जनाको लागि विज्ञापन खुल्ला



काठमाडौं । निजामती सेवा, संघीय संसद सेवा तथा स्वास्थ्य सेवा तर्फका निम्ति सेवा, समूह, उपसमूह तथा श्रेणी/तहका लागि २ सय ४० जनाको लागि विज्ञापन खुल्ला गरेको छ ।

उक्त पदहरूमा आन्तरिक प्रतिस्पर्धा, खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्धारा पदपूर्ति हुने लोक सेवा आयोगले जनाएको छ । साथै, लोक सेवाले तोकेको बमोजिम योग्यता पुगेका उम्मेवारहरुबाट दरखास्त आह्वान गरेको छ । त्यसैगरी, तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली psconline.psc.gov.np मार्फत आवेदन दिनुपर्नेछ ।

उक्त पदहरूको लागि दरखास्त दिने अन्तिम मिति कार्तिक १८ गते तोकेको छ भने दोब्बर दस्तुर तिरी कार्तिक २५ गतेसम्म दरखास्त दिनसक्ने आयोगले जनाएको छ ।

त्यस्तै उम्मेदवारको उमेर २१ वर्ष उमेर पूरा पुगेर ४५ वर्ष ननाघेको हुनुपर्ने छ । साथै, उक्त पदका लागि बहालवाला स्थायी निजामति कर्मचारीको हकमा उमेरको हद नलाग्ने आयोगले जनाएको छ ।

कुन तर्फ कतिको माग ?

राजपत्रांकित प्रथम र द्वितिय श्रेणीको लागि आन्तरिक प्रतिस्पर्धा, खुला तथा समावेशी प्रतियोगितात्कको लिखितमा स्वास्थ सेवामा सह–सचिव वा सो सरहको पदमा २५ जनाको माग गरेको छ । जसमा प्रथम श्रेणीमा न्यायमार्फत ४ जना, परराष्ट्रमा २, प्रशासनको लागि १८ जनाको पदपूर्तिको माग गरेको छ ।

त्यस्तै प्राविधिकतर्फ प्रथम श्रेणीमा १५ जनाको विज्ञापन खुल्ला गरेको छ । जसमा इन्जिनियरिङमा १० जना, कृषि भेटनरीमा १ जना, वन फरेष्ट्रिमा १, शिक्षा ३ जनाको माग गरेको छ ।

स्वास्थ्य सेवातर्फ एघारौं तहका लागि ४१ जनाको विज्ञापन खुल्ला गरेको छ । साथै, स्वास्थ्य सेवाको उपसचिव वा सो सरह नवौं तहमा अप्राविधिक ८९ माग गरेको छ । जसमा सबैभन्दा धेरै सामान्य प्रशासनको लागि मात्रै २५ जनाको माग गरेको छ ।

आयोगले प्रविधितर्फ द्वितियतर्फ ३२ जनको विज्ञापन खुल्ला गरेको छ । त्यसैगरी स्वास्थ्य सेवाको नवौं तहमा ९४ जनाको माग गरेको छ ।

आयोगका अनुसार सबै पदको लागि लिखित, प्रयोगात्म र अन्तर्वार्ताको परिक्षा हुने छ । सबैको परिक्षा केन्द्र काठमाडौं तोकेको छ ।

यसैगरी राजपत्रांकित प्रथम श्रेणी तथा एघारौं तहको लागि १५ सय रुपैयाँ बुझाउनुपनेछ । त्यसपछिका थप प्रत्येक किसिम/समूहका लागि थप ६ सय रुपैयाँ दस्तुर बुझानुपर्नेछ ।

यस्तै, राजपत्रांकित श्रेणी तथा नवौं तहको लागि १२ सय रुपैयाँ बुझाउनु पर्नेछ । त्यसपछिका थप प्रत्येक किसिम÷समूहका लागि ५ सय रुपैयाँ थप दस्तुर बुझाउनुपर्नेछ ।


क्लिकमान्डु