स्याङयोङ्ग फेष्टिभ डिलाइट् अफर, के-के छन विशेषता !



काठमाडौं । स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले यो वर्षको दशैं तिहारको अवसरमा ‘स्याङयोङ्ग फेष्टिभ डिलाइट्’ अफर ल्याएको छ ।

ग्राहकहरूले यो अफरमा ३ लाखसम्म छुट प्राउन सक्नेछन् । साथै, ग्राहकहरुले आफ्ना पुराना सवारीसँग एक्सचेन्ज गरे बापत २ लाख सम्म एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी कम्पनील डाक्टर, नर्सहरू, स्वास्थ्य सेवाकर्मी र प्रहरीलाई थप १ लाख छुट दिने छुट दिने छ ।

यसका अन्य अफरहरुमा एक वर्ष निःशुल्क बीमा, सात बर्ष सजिलो फाइनान्स, तीन बर्ष वारेन्टि, तीन बर्षसम्म निःशुल्क मर्मत लागत, २५ हजार बराबरको निःशुल्क पार्टपुर्जा र निःशुल्क सर्भिसिङ्ग (रिफरल ग्राहकहरूको लागि २ बर्ष सम्म) दिने रहेको छ ।

स्याङयोङ्ग फेष्टिभ डिलाइट् अफर असोज २८ गते देखि कात्ति २६ गते सम्म लागु हुनेछ ।


क्लिकमान्डु