सनराइज बैंकका ग्राहकले बस र हवाई टिकटमा विशेष छुट पाउने



काठमाडौं । सनराइज बैंकले आगामी चाडपर्वलाई लक्षित गरी हवाइ टिकट र बस टिकट खरिदमा क्यास ब्याकको योजना ल्याएको छ ।

बैंकका ग्राहकहरुले सनराइज स्मार्ट एप प्रयोग गरी बस वा हवाईजहाजको टिकट खरिद गर्दा पहिलो दुईपटकको कारोबारमा प्रति बस टिकट २ सय र हवाई टिकटमा प्रति टिकट ३ सयका दरले क्यास ब्याक प्राप्त गर्ने व्यवस्था गरेको छ ।

कोभिड-१९ ले धेरै क्षेत्र र व्यक्तिहरुको आर्थिक अवस्थामा प्रभाव परिरहेको वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले चाडपर्वको अवसरमा ग्राहकहरुको खुशीमा अझै उत्साह उमंग थप्ने बैंकको विश्वास छ ।

बैंकले आफ्नो १३ आंै वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाड्न २०७७ असोज २५ देखि कात्तिक ११ गते सम्म यो योजना लागु हुने छ ।


क्लिकमान्डु