टिभिएस अपाचेको बिक्री ४० लाख पुग्यो, नेपालमा पनि सफलता चुम्दै



काठमाडौं । टिभिएस मोटर्स कम्पनीको उत्पादन अपाचे सिरिजले विश्व बजारमा ४० लाख यूनिट बिक्री गर्दै कोशेढुङ्गा भेट्टाएको छ । कम्पनीले सन् २००५ बाट अपाचे सिरिज उत्पादन सुरु गरेको थियो । उत्पादनको १५ वर्षमा नयाँ बेन्चमार्क भेट्टाउन सफल भएको हो ।

नेपालमा पनि जगदम्बा मोटर्सले आधिकारीक बिक्री वितरण गर्दै आएको अपाचे सिरिज निकै सफल मोडलमा पर्छ ।

विश्व बजारमा ४० लाख यूनिट बिक्री पुरागरेकोमा नेपाली ग्राहकलाई पनि विशेष धन्यवाद दिदै जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले भने, ‘हामीले अपाचे सिरिजका सबै मोडल नेपालमा बिक्री गर्दै आएका छौं । स्टाइल, पावर र युवा लक्षित डिजायनले अपाचेका हरेका सिरिजले सफलता पाएका छन् । अझै भोलिका दिनमा नेपालमा नै एसेम्बल गरेर ग्राहकको आवस्यकता र चाहना पुरा गर्ने बाटोमा हामी छौं ।

४० लाख यूनिट बिक्री पुरा गरेको खुसीमा कम्पनीले नेपालमा आरटीआर १६० फोर भिको ३ नयाँ भेरियन्ट समेत सार्वजनिक गरेको थियो । भारत वेस कम्पनी टिभिएसले हिजो ९५७ फिट लामो फ्ल्याग फहराएर ४० लाख यूनिट बिक्रीको खुसीयाली मनाएको थियो ।

नेपालमा अहिले अपाचे सिरिजमा आरटीआर १६० टुभी, १६० फोर भी, २०० फोर भी र आरआर ३१० का विभिन्न भेरियन्टहरु बिक्री वितरण गर्दै आएको छ ।


क्लिकमान्डु