बैंकिङ कसुरको सजाय सुनाइएका फरार प्रतिवादी प्रक्राउ



काठमाडौं । अदालतले बैंकिङ कसुरमा सजाय तोकेको फरार प्रतिवादीलाई प्रहरीले प्रक्राउ गरेको छ । खातामा प्रयाप्त मौज्दात रकम नभएपनि चेक काट्ने काठमाडौंका पन्चम औलियालाई प्रहरीले प्रक्राउ गरेको हो ।

अकौलियाले मनोज प्रसाद साहसँग सापटी लिएको रकम फिर्ताको लागि २०७५ साल बैसाखमा एनएमबी बैंकको चेक दिएका थिए । आफ्नो प्रयाप्त मौज्दात रकम नभएपनि चेक काटि भुक्याइ बैंकिङ कसुर गरेको मुद्दामा जिल्ला अदातल पाटनले २०७५ साल साउनमा नै १० दिन कैद र १७ लाख रुपैयाँ जरिवाना सजायको फैसाला गरेको थियो ।

तर अकौलिया चितवन भरतपुरमा लुकिछिपी बस्दै आएको अवस्थामा प्रहरी प्रधान कार्यालय अनुसन्धान ब्युरोले पक्राउ गरी जिल्ला अदालत चितवनमा पेश गरेको हो ।


क्लिकमान्डु