सनराइज बैंकले ल्यायो मिस्डकल गरेरै बिजुलीको पैसा तिर्ने व्यवस्था



काठमाडौं । सनराइज बैंकले नेपालमै पहिलो पटक सनराइज बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी मिस्डकल सेवामार्फत विद्युत महसुल भुक्तानी गर्ने सेवासुरु गरेको छ ।

यो सेवाको सुरु सँगै अब सनराइज बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले बैंकले तोकेको मोबाइल नम्बर ९८५१२७३८६२ मा मिस्डकल गरी आफ्नो मासिक विद्युत महसुल तिर्न सक्नेछन् ।

यस सेवा प्रयोग गर्नको लागी एकपटक आफ्नो विद्युत महसुल सम्बन्धी विवरण बैंकको कुनै पनि शाखामा दर्ता गराउनु पर्नेछ । ग्राहकहरुको सुविधाको लागि डिजिटल दर्ता प्रणाली पनि छिटै कार्यावयनमा आउने बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकका ग्राहकहरुले सनराइज स्मार्ट एपबाट बत्ति, पानीको शुल्क भुक्तानी गर्दै आएकोमा अब भने इन्टरनेट बिना नै सामान्य मोबाइलबाटै मिस्डकल गरेर बिजुलीको बिल तिर्न सक्नेछन् ।

विद्यमान महामारीको समयमा घरैमा बसीबसी यसरी बिभिन्न सेवा शूल्क भुक्तानीगर्न मिल्ने कारण यसले ग्राहकबर्गलाई भिडभाडबाट हुनसक्ने संक्रमणको जोखिमबाट समेत सुरक्षित राख्ने बैकको विश्वास छ ।


क्लिकमान्डु