मापदण्ड बिना सञ्चालित ७ फार्मेसीलाई १० लाख बढी जरिवाना
काठमाडौं । मापदण्ड विपरीत फार्मेसी सञ्चालन गर्ने ७ वटा फार्मेसीलाई सरकारले १० लाख २० हजार रुपैयाँ जरिवाना गरेको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख जिल्ला अधिकारी र निरीक्षण अधिकृतको टोलीले अनुगमन गरी म्याङ गा.पा.मा विना मापदण्ड सञ्चालन गर्ने २ फार्मेसीलाई सिलवन्दी,विदुर न.पा.मा ५ फार्मेसीलाई १० लाख र तादी गापाका २ लाई २० हजार रुपैयाँ जरिवाना गरेको हो ।