‘टिभिएस दशैँको आशा’ स्कीम अन्तर्गत दोस्रो विजेता छनोट



काठमाडौं । टिभिएस दशैंको आशा योजना अन्तर्गत हरेक हप्ता एभिन्यूज टेलिभिजन र टिभिएसको फेसबुकमा प्रत्यक्ष प्रशारण मार्फत गरिने गोलाप्रथाबाट पहिलो साताको विजेता बन्न सफल भई टिभिएस अपाचे आरआर ३१० हेमलता थगुन्नाले जितेका छन् ।

यो योजनामा सहभागिता जनाउन टिभिएसको मोटरसाइकल खरिद गरेकै हुनुपर्छ भन्ने छैन । ‘टिभिएस दशैँको आशा’ योजना अन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कूटरको खसरदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने छ ।

यस्तै ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्कीम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।

बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले जित्न सक्ने आरआर ३१० टिभिएसकै सबैभन्दा महंगो मोटरसाइकल हो । यस बम्पर योजनाको आर्कषण भनेको जो कोहीले पनि आफ्नो छनौट वा किन्नको विकल्पको बावजूदपनि भाग लिन र जित्न पनि सक्ने अवसर पाउनु हो ।

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो । ११० देखि ३१० सिसिसम्मको गुणस्तरीय उत्पादनहरु राडियन, स्ट्राइकर, म्याक्स १२५, अपाचे आर टि आर १६०, अपाचे आरटिआर २००४ भि,अपाचे आरआर ३१०, एन्टर्क १२५, वेगो र जुपिटर क्लासिकको बिबिधता रहेको छ ।


क्लिकमान्डु