वर्ल्ड लिंक मार्फत नेपालमा पहिलो पटक भित्रने भयो फेसबुक



काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक मार्फत नेपालमा पहिलो पटक भित्रने भयो फेसबुक लिंक मार्फत फेसबुक नेपाल भित्रने भएको छ ।

लोकप्रिय सामाजिक संजाल फेसबुकले वल्र्डलिंकसँग साझेदारीमा नेपालमा काम गर्ने भएको हो ।

वल्र्डलिंकले अहिले सार्वजनिक स्थानमा निशुल्क वाइफाइ सेवा उपलब्ध गराएको छ । यही परियोजनामा फेसबुकलाई वल्र्डलिंकले साझेदारको रुपमा नेपाल भित्राएको हो ।

सूचना प्रविधिका जानकारका अनुसार नेपालमा एउटा परियोजनाको रुपमा फेसबुक भित्रन लागेको पहिलो पटक हो ।

वल्र्डलिंकले बिहीबार मर्चुअल माध्यमको पत्रकार सम्मेलनबाट यसको जानकारी दिने छ । वर्ल्ड लिंक मार्फत नेपालमा पहिलो पटक भित्रने भयो फेसबुक लिंक र फेसबुकको साझेदारीमा निशुल्क वाइफाइ सार्वजनिक स्थानमा अझै बढाइने छ । यसमा प्राविधिक सहायताको काम फेसबुकले गर्ने छ ।

वल्र्डलिंक नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनीमा सबैभन्दा ठूलो कम्पनी हो । इन्टरनेट सेवा प्रदायक कम्पनीमा यसले सबैभन्दा बढी कारोबार गर्छ ।

पछिल्लो समय सरकारले सामाजिक संजाललाई नेपालमा दर्ता गराउने बताएको छ । फेसबुकले नेपाली कम्पनी मार्फत नेपालमा नै कुनै परियोजनामा काम गर्दा यसलाई दर्ता गराउने अभियानमा भने केही सहयोगी भूभिका हुनसक्छ ।

‘हामीले फेसबुकसँगको साझेदारीमा केही काम गर्न थालेको हो,नेपालमा ल्याउन सक्ने नसक्ने भन्ने कुरा सरकारको नीतिमा भर पर्छ,’वर्ल्ड लिंक मार्फत नेपालमा पहिलो पटक भित्रने भयो फेसबुक लिंकका एक अधिकारीले भने । उनले डिटेल कुराको लागि भने पत्रकार सम्मेलनलाई कुर्न अनुरोध गरे ।

वर्ल्ड लिंक मार्फत नेपालमा पहिलो पटक भित्रने भयो फेसबुक लिंकले पछिल्लो समय आफ्नो व्यवसायलाई रणनीतिक रुपमा आक्रामक रुपमा अगाडि बढाएको छ ।

वर्ल्ड लिंकले गतवर्ष बेलायतको सिडिसी ग्रुप समेत भित्रिएको थियो । सिडिसीले वर्ल्ड लिंकमा १ अर्ब ३५ करोड रुपैयाँ लगानी गरेको छ । सर्वसाधारणलाई सेयर जारी गर्नको लागि पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गरेको वल्र्डलिंकले ३ वर्षभित्रमा सेयर जारी गर्ने जनाएको छ ।


क्लिकमान्डु