गगन थापालाई कोरोना संक्रमण
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापालाई कोरोना संक्रमण भएको छ । गगन थापाले यसबारेमा जानकारी दिएका हुन् ।
उनले लेखेकी छन्, ‘असोज १५ गते पार्टी कार्यालयमा भएको पीसीआर परीक्षणमा मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ।मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु।यस बीचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु।’