प्रधानमन्त्रीका सल्लाहकारहरु रिमाल, भट्टराई र थापालाई कोरोना संक्रमण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले आफूलाई कोरोना संक्रमण भएको ट्विटमार्फत् जानकारी दिएका हुन् ।
उनीसँगै प्रेस सल्लाहकार सुर्य थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई पनि कोरोना संक्रमण भएको छ ।यसरी प्रधानमन्त्री वरिपरी बस्ने सल्लाहकारहरुमी कोरोना देखिएको हो ।
यसअघि प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंहलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।